आगामी निर्वाचनमा देशभरि चुनाव जित्ने घोषणा:ओली

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले एमाले ठूलो रुख भएकाले ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’ भन्नुभएको हो ।
अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा गठन नहुँदै पुगेको टिप्पणी गर्नुभयो ।उहाँले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताउनुभयो । ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं’ ओलीले भन्नुभयो ।ओलीले पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताउनुभयो । ‘केही मान्छे पतीत भएका हुन् बिग्रिएका हुन् । बिग्रिएका मान्छेले पार्टी छोडेका हुन्’ उहाँले थप बोल्नुभयो ।ओलीले एमाले फुटेको नभई अलिकति चोइटिएको हो यसमा कसैले गुनासो गर्नुपर्दैन भन्नुभयो । ‘फुट्नु र चोइटिनु फरक कुरा हो । चोइटाको कसैलाई खाँचो हुँदैन उहाँको भनाई थियो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+