अल्पसंख्यक समुदायको नरसंहारमा उत्रियो तालिवानी, एक सातामै ९ जनाको हत्या, अन्तर्राष्ट्रिय चिन्ता व्यक्त

Samchar

काठमाडौं । आफगानिस्तानमा सत्ता कब्जा गरेको आतंकवादी संगठन तालिवानले अल्पसंख्यक समुदायको नरसंहार गर्न थालेको छ ।इस्लाम धर्मअनुसार कानुन बनाएर शासन सञ्चालन गर्ने तयारीमा रहेको तालिवानले अल्पसङ्ख्यक शिया हजारा समुदायको नरसंहार गरेको रिपोर्ट सार्वजनिक भएको हो । मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले एक प्रतिवेदनमार्फत हालै तालिवानले गजनी प्रान्तमा हजारा समुदायका मानिसहरूको हत्या गरेको तथ्य बाहिर ल्याएको हो । बिहीबार प्रकाशित प्रतिवेदनमा गजनी प्रान्तको मालिस्तानमा गत जुलाई ४ र ६ तारिखको अवधिमा हजारा समुदायका ९ पुरुषको हत्या भएको उल्लेख छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *