अमेरिकामा मंकीपक्सको त्रास, बिरामीको सम्पर्कमा आएका २७ राज्यका २०० जना निगरानीमा

Samchar

काठमाडौं। अमेरिकामा मंकीपक्स संक्रमित हुन सक्ने आशंकामा स्वास्थ्य अधिकारीहरुले २७ राज्यका २ सय जनालाई निगरानी गरिरहेका छन् । हालै नाइजेरियाबाट अमेरिका फर्किएका टेक्ससको डल्लासका एक व्यक्ति मंकीपक्स संक्रमित पाइएका थिए । यी व्यक्ति नाइजेरियामा संक्रमित भएको अनुमान गरिएको छ । निगरानी गरिएका २ सय जना यिनै बिरामीको सम्पर्कमा आउका व्यक्तिहरु हुन् ।

संक्रमित बिरामीको पहिचान खुलाइएको छैन । लागोसबाट टेक्सस फर्किने क्रममा यी व्यक्ति जुलाइ ८ र ९ का दिन बीचमा जर्जीयाको एटलान्टा शहरमा बसेका थिए । यसको करिब एक हप्तापछि उनी संक्रमित भएको पुष्टि भएको थियो । मंकीपक्स संक्रमण हुँदा फ्लुजस्तै लक्षण देखिनुका साथै शरीरमा दानाहरु देखा पर्छन् । यो संक्रमण शरीरको तरल पदार्थ र श्वास प्रश्वाससम्बन्धी ड्रपलेटमार्फत एक मानिसबाट अर्को मानिसमा सर्न सक्छ ।

संक्रमण पुष्टि भएपछि यी व्यक्तिलाई अस्पतालमा आइसोलेसनमा राखिएको छ र अधिकारीहरुले उनको अवस्था स्थिर भएको बताएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अधिकारीहरुले प्रान्तीय र स्थानीय स्वास्थ्य अधिकारीहरुसँगको सहकार्यमा यी बिरामीको सम्पर्कमा आएका मानिसहरुको निगरानी भइरहेको र यो जुलाइ महिनाको अन्त्यसम्म उनीहरुको निगरानी गरिने बताएका छन् ।

स्टाटका अनुसार यो अवधिमा मंकीपक्सका कुनै थप केस भने भेटिएका छैनन् । निगरानीमा राखिएका २ सय जना ती बिरामीसँग ६ फिटको दूरीभित्र रहेर विमानमा यात्रा गरेका यात्रुदेखि विमानमा उनले प्रयोग गरेको बाथरुम प्रयोग गर्नेहरु समेत छन् । यसबाहेक उनको नजिक गएका फ्लाइट अटेन्डेन्ट, पछि बाथरुम सफा गरेका कर्मचारी तथा बिरामीको सम्पर्कमा आएका परिवार र आफन्तको पनि निगरानी भइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो भाइरस संक्रमित भएपछि इन्क्युबेसनको लागि १ देखि २ हप्ताको समय लाग्छ । मंकीपक्स दुर्लभ तर गम्भीर भाइरल बिरामी हो । यो फ्लु जस्तो लक्षण र लिम्फनोड सुन्निे जस्ता लक्षणबाट सुरु हुन्छ । पछि यसले शरीर रातो हुने, दाना र फोकाहरु देखापर्ने जस्ता समस्या ल्याउँछ । सीडीसीका अनुसार यसको संक्रमण २ देखि ४ हप्तासम्म रहन्छ । मंकीपक्स संक्रमितमध्ये करिब १० प्रतिशतको मृत्यु हुने गरेको छ । तर, टेक्ससमा भेटिएका बिरामीमा भेटिएको भाइरसको स्ट्रेन भने कम घातक मानिन्छ । यो स्ट्रेनबाट संक्रमितमध्ये १ प्रतिशतको मृत्यु हुने गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *