अब बिश्वकप नै जित्ने गरि बलियो भएर कमब्याक गर्ने किङ रोनाल्डोको घोषणा

काठमाडौं,असार १६ : क्रिस्टियानो रोनाल्डोले पोर्चुगल युरोकपबाट बाहिरिएपनि टोलीको यात्रा गौरवपूर्ण रहेको बताएका छन्। युरोकपको प्रिक्वाटरफाइनलमा बेल्जियमसँग १-० गोलले पराजित भएको भोलिपल्ट रोनाल्डोले सामाजिक सन्जाल फेसबुकमार्फत आफुहरुले उपाधि रक्षाका लागि हदैसम्म प्रयाश गरेको बताएका छन्।

‘हामीले चाहेजस्तो परिणाम आउन सकेन र गन्तव्यभन्दा अघि नै बाहिरिन पुग्यौँ। तर यो यात्राप्रति हामीलाई गर्व छ। हामीले उपाधि रक्षा गर्न हदैसम्मको प्रयाश गर्‍यौँ तर यो समूहले पोर्चुगाली जनतालाई धेरै खुसी दिन सक्षम छ भन्ने प्रमाणित गरेको छ’, रोनाल्डोले भनेका छन्, ‘ सुरुदेखि अन्त्यसम्म हाम्रा समर्थकले हदैसम्मको सहयोग गरे। हामीलाई विश्वास गरेर खेल हेर्न आईपुगे। पुग्नुपर्ने ठाउँमा नपुगेपनि हामी सबैलाई धन्यवाद भन्न चाहन्छौँ।’

रोनाल्डोले बेल्जियमलाई शुभकामना दिँदै आफ्नो टोली बलियो भएर फर्कने बताएका छन्। ३६ वर्षीय रोनाल्डोको कप्तानीमा पोर्चुगल यसपटक समूहको तेस्रो भएर दोस्रो चरण पुगेको थियो। रोनाल्डोले पहिलो चरणमा पेनाल्टीमा तीनसहित सर्वाधिक ५ गोल गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक एक सय ९ गोलको अली दाईको कीर्तिमान पनि बराबरी गरेका छन्। पोर्चुगलले गत संस्करणको फाइनलमा फ्रान्सलाई हराएर उपाधि जितेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment