अब बाढीको सूचना दिने साइरन मेलम्चीमा जोडियो , अब यसरी गर्नेछ जीवन रक्षा

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ । साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ । यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ ।साइरनका लागि १० अङ्कको छुट्टै मोबाइल नम्बर राखिएको छ । माथिल्लो तटीय क्षेत्रमा रहेका प्रहरी अधिकारीहरूले बाढी आएको थाहा पाउँदा उक्त नम्बरमा डायल गर्ने वित्तिकै साइरन बज्नुका साथै तल्लो तटीय क्षेत्रमा रहेका निश्चित व्यक्तिको मोबाइल नम्बरमा त्यस सम्बन्धी म्यासेज समेत आउँछ ।मोबाइलका साथै म्यानुअल रुपमा साइरन बजाउन सकिने गरी छुट्टै स्विच समेत राखिएको छ । यस बाहेक मोबाइल एपबाट समेत साइरन बजाउन सकिन्छ । तर सबैसँग स्मार्टफोन हुन नसक्ने र स्विच जोसुकैले दबाउन सक्ने जोखिमका कारण हाललाई साइरन बजाउन मोबाइल नम्बर प्रयोगमा ल्याइएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment