अबको चुनावमा हाम्रो स्पष्ट बहुमत आउँछः अध्यक्ष ओली

अब हुने निर्वाचनमा हामीले स्पष्ट बहुमत ल्याउछौ
एमाले अध्यक्ष केपी शर्मा ओलीले अब चुनावमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने बताएका छन् । शुक्रबार संसद भवनको ल्होत्से हलमा भएको बैठकमा सम्बोधन गर्दै अबको निर्वाचन आफ्नो पार्टीको स्पष्ट बहुमत आउने ओलीले बताएका हुन् ।
‘हामी सरकारमा हुँदा ल्याएका परियोजना तथा गरेका कामहरुबाट जनता उत्साहित भएका छन्,’ ओलीले भने, ‘देशमा अब हुने निर्वाचनमा हामीले स्पष्ट बहुमत ल्याउँछौँ ।’ उनले अहिले अदालतले असंवैधानिक निर्णय गरेकाले देशभरबाट यसको प्रतिवाद गर्नु पर्ने पनि बैठकमा बताएका छन् ।उनले सर्वोच्च अदालतको निर्णयले संविधान र लोकतन्त्रमाथि धावा बोलेको भन्दै यसलाई प्रतिवाद गर्नु पर्ने आवश्यकता रहेको पनि बताएका छन् ।
उनले अहिले केही सांसदहरु मन्त्री बन्न पाइन्छ भन्ने आशामा सत्तारुढ कांग्रेससँग नजिक भएको तर भविष्यमा उनीहरुले ठूलो समस्या भोग्न पर्ने दिन आउने पनि बताएका छन् ।
‘यो क्षणिक खुसी हो,’ बैठकमा ओलीले भने, ‘गणतन्त्रको रक्षाका लागि भए पनि हामीले यसको प्रतिवाद गर्नुपर्छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment