अफगानिस्तानबाट दुई उडानमार्फत २५१ नेपाली आइपुगे

Samchar

काठमाडौँ । द्वन्द्व ग्रस्त मुलुक अफगानस्तिानबाट आजमात्रै २५१ नेपाली काठमाडौँ आइपुगेका छन् । बिहान १०ः१५ बजे १२७ र ११ः१५मा १२४ जना गरी २५१ जना नेपाली काठमाडौँ आइपुगेका हुन् ।पछिल्लो लटमा आएका १२४ जनालाई अफगानिस्तानबाट हिजो अमेरिकी एअर फोर्सको जहाजले उद्धार गरेको थियो । उनीहरू आज जागिरा एयरको जेएन ९५४१ विमानबाट काठमाडौँ आइपुगेको गृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।केसीका अनुसार गृहमन्त्री खाँणले अप्ठेरोमा परेका सबै नेपालीलाई ल्याउन कुनै कसर बाँकी नराखिने भन्दै त्यसका लागि आवश्यक पहल गर्न सम्बन्धित सबै निकायमा निर्देशन दिइसकेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *