अफगानिस्तानका राष्ट्रपति युएईमा लुकेको खुलासा, स्वदेश फर्किनेबारे दिए यस्तो प्रतिक्रिया

Samchar

काठमाडौं । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका छन् । युएईका परराष्ट्र मन्त्रीले घानी र उनको परिवारका सदस्यलाई मानवीय दृष्टिले आफ्नो देशमा स्वागत गरिएको बताएका छन् ।तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै गत आइतबार घानीले देश छाडेका थिए । शुरुमा उनी भागेर ताजिकिस्तान गएको समाचार सार्वजनिक भएको थियो ।त्यसपछि फेरि राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सलाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको व्यक्तिगत सुरक्षा गार्डलाई उद्धृत गर्दै अल–जजीराले समाचार सार्वजनिक गरेको थियो । ७२ वर्षीय घानीले आफू छिट्टै अफगानिस्तान फर्किनेबारे छलफल भइरहेको पनि बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *