अध्यादेश ल्याएपछि एकाएक शितलनिवा किन पुगे प्रधानमन्त्री देउवा ?

Samchar

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन्। मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्।प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले प्रधानमन्त्री शितल निवास गएको सेतोपाटीलाई बताए। ‘उहाँ भर्खरै शितल निवास जानु भएको छ,’ उनले भने।आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पास गरेको थियो। उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ। त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *