अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

Samchar

काठमाडौं । नेकपा एमालेको युवा संगठन युवा संघले सरकारले ल्याएको दल विभाजनसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवासंघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको विरोध प्रदर्शन गरेको हो ।युवासंघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गरजस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *