अध्यक्षको अफर गरेका माधव नेपाललाई भीम रावल र योगेश भट्टराईले फर्काए जवाफ

काठमाण्डु – नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल र सचिव योगेश भट्टराईले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काएका छन् ।शनिबार ललितपुरमा भएको एक कार्यक्रममा अध्यक्ष नेपालले पार्टी विभाजन गर्न उक्साउने नेताहरुले नै आफूलाई साथ नदिएको गुनासो पोखेका थिए । उनले एमालेका दोस्रो पुस्ताका नेताहरू नयाँ पार्टीमा आए नेतृत्व छाड्न तयार रहेको घोषणा गरेका थिए ।एमालेमा रहेका दोस्रो पुस्ताका नेताहरुलाई लक्षित गर्दै अध्यक्ष नेपालले भनेका थिए, ‘आउनुहोस् ! दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनी हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाई होइन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जवाफमा एमालेका सचिव भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा (एकीकृत सामाजवादी) पार्टीको अध्यक्ष बनाएर देखाउन नेपाललाई चुनौती दिए ।नेता नेपालको नाम र प्रसंग नलिई भट्टराईले ट्वीटरमा भनेका छन्, ‘राम्रो कुरा हो । स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’

यस्तै एमाले उपाध्यक्ष रावलले नेता नेपालको भनाईप्रति व्यंग्य गरेका छन् । उनले कसैले अगाडि धकेल्दा धकेलिने मान्छे पछाडि पनि फर्किनुपर्ने टिप्पणी गरेका छन् ।ट्वीटरमा उपाध्यक्ष रावलले लेखेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो ।’एमाले विवाद समाधान कार्यदलका संयोजक समेत रहेका रावलले नेपाललाई जवाफ फर्काउँदै सहमति भइसकेपछि मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने धेरै अध्ययनको आवश्यकता नपर्ने समेत टिप्पणी गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+