काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले सरकारका काममा एकपछि अर्को अवरोध गरेको टिप्पणी गरेका छन्। उनले अदालतले अफ्ठ्यारोमा पारेको र आफूले कामै गर्न नपाएको बताएका छन्।मंगलबार सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन र विस्तार गर्ने प्रधानमन्त्रीको निर्णय खारेज गरेपछि बेलुका बालुवाटारमा निवर्तमान मन्त्रीहरूसँगको भेटमा ओलीले भने- ‘अदालतको निर्णयलाई मान्नैपर्छ। नमानी सुख छैन। तर, अदालतले एकपछि अर्को अवरोध गर्ने काम गरिहेको छ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अदालतले उल्टो व्याख्या गर्यो, चार मन्त्रीले देश हाँक्न सक्दैनन् : प्रधानमन्त्री ओली
By laxmi
June 23, 2021