अत्याधुनिक आपतकालीन आवास सञ्चालन

Samchar

चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक आपत्कालीन आवास सञ्चालनमा ल्याएको छ । नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्नेगरी साझापुरमा जिल्लामै पहिलोपटक आवास सञ्चालनमा ल्याइएको हो ।

–२८ रहेको सो आवास भवन शिलान्यास भएको १८ महीनामा सम्पन्न भएको महानगरले बताएको छ ।

१ करोड ७२ लाखमा निर्माण सम्पन्न दुईतले भवनको पहिलो तलामा ठूलो हल र माथिल्लो तलमा अत्यावश्यक सामग्री भण्डारण गर्ने कोठा र कार्यालय कक्ष रहेको सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

उनका अनुसार सो आवासको ६ कट्ठा ५ धुर जमिनमा २ सय २०वर्गमिटर क्षेत्रफल ओटेको भवनमा एकपटकमा २०० जना राख्न सकिने राससले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *