काठमाडौं, असार ३ । मौसमविद्ले यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। उनीहरूका अनुसार अझै ३ दिन वाग्मती, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भारी वर्ष हुने सम्भावना छ। अन्य प्रदेशमा भने बिहीबारदेखि वर्षा क्रमशः कमजोर हुँदै जाने उनीहरूको अनुमान छ।मौसमविद् मीनकुमार अर्यालले यस वर्षको वर्षायाममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको बताए। सामान्यतया वर्षायाममा काठमाडौंमा १ हजार १ सय ३० मिलिमिटर औसत वर्षा हुने गर्छ। यस वर्ष त्योभन्दा बढी वर्षा हुने उनको भनाइ छ। अर्यालका अनुसार नेपालमा मनसुन जुन १३ बाट सुरु हुन्छ। तर यस वर्ष जुन १० बाटै मनसुन सुरु भई जुन १३ मा देशभर सक्रिय भएको अर्यालले बताए। मौसमविद्हरूका अनुसार मनसुनी हावाको प्रभावका कारण हाल देशभर वर्षा भइरहेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अझै ३ दिन यी प्रदेशमा छ उच्च बर्षा र बाढीको सम्भावना
By laxmi
June 17, 2021