अख्तियार प्रमुख राई उत्रिए एक्सनमा, कुलमान पहिलो निशानामा !

Samchar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रत्यक्ष संलग्नता रहेको भनिएको चार अर्बको ग्रिड–सोलार प्रकरणको फाइल खोल्न लगाएका छन् । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले पनि सो प्रकरणलाई खोतलिरहेका बेला पाँच वर्षअघिको कुलमानकै कार्यकालको चर्चित २५ मेगावाट ग्रिड–सोलार जडानसम्बन्धी भ्रष्टाचारको अनुसन्धानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः अघि बढाएको हो । २०७४ सालमै त्यस विषयमा अख्तियारमा उजुरी परेको र तत्कालीन संसद्को सार्वजनिक लेखा समितिले ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिए पनि घिसिङको दवावका कारण उक्त छानबिन अघि बढ्न सकेको थिएन । तत्कालीन अख्तियार प्रमुखहरू दीप बस्न्यात र नवीन घिमिरेले उक्त विषय अघि बढाउन चाहे पनि सकेका थिएनन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *